कोरोना प्रभाव; ‘नगद’ होइन 'विद्युतीय माध्यम' बाट कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कोरोना प्रभाव; ‘नगद’ होइन 'विद्युतीय माध्यम' बाट कारोबार

काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण फैलिने डरले यतिबेला विश्वबजारमा दैनिक कारोबार नगदभन्दा पनि विद्युतीय माध्यमबाट गरिनुपर्ने चर्चा हुन थालेको छ।

कारोबार गर्दा नगदका रुपमा प्रयोग हुने नोटमार्फत यो भाइरसको संक्रमण फैलिने सम्भाव प्रबल रहेको भन्दै विभिन्न देशमा नगद कारोबारमा रोक लगाउने निर्णयसमेत हुन थालेको छ। ती देशमा अबदेखि दैनिक रुपमा घरासयी किनमेल, रेस्टुराँ, सिनेमा घर वा अन्य कुनै सेवा लिँदा विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने नियम लागू गर्न लागिएको छ। 

सीएनएनका अनुसार दक्षिण कोरियाको केन्द्रीय बैंकले गत शुक्रबारदेखि बजारमा छरिएका नोट (पैसा)हरु दुई साताभित्र संकलन गर्न थालेको छ। तीमध्ये केही नोटहरु जलाएर सम्भावित कारोनाभाइरस नष्ट गर्ने काम पनि उसले सुरु गरिसकेको छ। 

Read More