सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्यो कोरोनाभाइरससम्बन्धी सचेतना कार्यक्रम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्यो कोरोनाभाइरससम्बन्धी सचेतना कार्यक्रम

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना शाखाहरुमार्फत कोरोनाभाइरससम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ ।

गल्छी शाखाले जनजागरण मा.वि.गल्छी ४ धादिङ्गको प्राङ्गणमा कक्षा १ देखि १२ सम्म अध्ययनरत बिधार्थीहरु र त्यसै विद्यालयका अभिभावकहरुलाइ समेत राखि गल्छी स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा कोरोना फाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहजीकरण गरेका सांग्रिला डेभलपमेन्ट बैंक लि.गल्छी शाखाको प्रमुख गौरब काफ्लेले कोरोनाभाइरसबाट आफु पनि बचौं र अरुलाई नी बचाऔं भन्दै जसका लागि सरसफाइमा बिशेष ध्यान दिने, मास्क लगाउने, हातलाई सावुन पानीले धुने, हात नमिलाउने, चुम्बन नगर्ने, भिडभाडमा नजाने, नियमीत शारिरीक ब्यायम गर्ने, पानि पिउने, रुघा खोकी ज्वरो आएमा मनोबल नघटाइ तुरुन्त नजिकैको स्वास्थ्य चौकीमा जानुपर्ने बताए ।

Read More
  • MBL - below news