अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा एनआईसी एशिया बैंकले ल्यायो 'क्यास ब्याक' योजना


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा एनआईसी एशिया बैंकले ल्यायो 'क्यास ब्याक' योजना

काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकहरूलाई विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात २०७६ फागुन २५ गते यस बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्नुहुने १०० जना भाग्यशाली महिलाहरूले १००% वा १०,००० रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सकिने छ ।
यस बैंकका महिला ग्राहकहरूले Mo-Bank एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, QR Payment लगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ । तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन । यस योजनाले आफ्ना सम्पूर्ण महिला ग्राहकहरूलाई सम्मान गर्नुका साथै उहाँहरूमा डिजिटल बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ ।

Read More