फागुन २३, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका सञ्चालक शुशिल राज पराजुलीको राजिनामा स्वीकृत भएको छ । उनले व्यक्तिगत कारण देखाई आफ्नो पदबाट राजिनामा दिएका हुन् । बैंकको फागुन २३ गते बसेको सञ्चालक समितिको ३५८औं बैठकले पराजुलीको राजिनामा स्वीकृत गरेको हो ।








