ज्योति विकास बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ज्योति विकास बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

फागुन २३, काठमाडौं । ज्योति विकास बैंकले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ । बैंकले पुस २९ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ७५ प्रतिशत बोनस शेयर जम्मा गरिदिएको हो । 

पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भइसकेको छ भने सो मिति पश्चात शेयर आभौतिकीकरण गराएका शेयरधनीको हकमा क्रमश सम्बन्धित हितग्राही खातामा बोनस शेयर जम्मा हुने बैंकले जानकारी दिएको छ । 

साथै २०७५ चैत १५ गते पछि शेयर खरीद गरी कायम भएका शेयरधनीहरुले बैंकको १२औं वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ७५ प्रतिशत बोनस शेयरमा लाग्ने कर शेयरधनी स्वयमले भुक्तानी गरेपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा हुने भएको छ । 

Read More