नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपीओ चैत ४ गतेदेखि आउँदै, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिंङ !


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपीओ चैत ४ गतेदेखि आउँदै, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिंङ !

काठमाडौं - आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपीओ चैत ४ गतेदेखि आउने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा उक्त आइपीओ जारी गर्न लागेको हो । जारी हुने आइपिओमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीहरुलाई, ८ लाख कित्ता सेयर सामुहिक लगानी कोषका लागि र बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त आइपीओ भर्ने म्याद चैत ७ गते हुनेछ। यदि तोकेको समयभित्र आवश्यक अनुसार आइपिओमा आवेदन परेन भने ढिलोमा चैत १८ गतेसम्म भर्न सकिनेछ । यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत अवस्था भन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ दिएको छ ।

Read More