कुमारी बैंकले विभिन्न ग्राहकहरुले बीमा दाबी भुक्तानी पाउने क्रम बढ्दो रहेको बताएको छ।
परिवार सुरक्षा बचत खाता मार्फत खातावाला दम्पत्ति तथा २१ वर्षमुनिका दुई बालबालिकाले स्वास्थापोचार बीमा, आकस्मिक दुर्घटना बीमा, शारीरिक अशक्तता बीमा लगायत १८ घातक रोगहरु विरुद्ध बीमा सुविधा प्रदान गर्दै आएका थिए। ती ग्राहकहरुले बीमा दाबी भुक्तानी पाउने क्रम बढ्दो रहेको बैंकले बताएको हो।
हालसम्म ६१ बीमा दाबी भुक्तानीहरु ग्राहकले प्राप्त गरिसकेका छन्।





