होलीमा एनआईसी एशिया बैंकको बम्पर अफर; मोबाइल बैंकिङ प्रयोग गर्दा १००% नगद फिर्ता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
होलीमा एनआईसी एशिया बैंकको बम्पर अफर; मोबाइल बैंकिङ प्रयोग गर्दा १००% नगद फिर्ता

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी यस बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ।

यस योजनाअन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकले १०० प्रतिशत वा अधिकतम रू. ५ हजारसम्म नगद फिर्ता प्राप्त गर्न सक्नुहुनेछ। बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहक महानुभावहरूले पर्याप्त फाइदा उठाउँदै आउनुभएको छ। जसअनुसार बैंकको मोबाइल बैंकिङ प्रयोग गर्दा मासिक रू. १५ हजार ४०० सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक रू. ६ हजारसम्मको लाभ ग्राहकले लिनु भइरहेको छ। 

Read More