राष्ट्रबैंकद्वारा एक्सेल डेभलपमेन्ट बैंकद्वारा प्रस्तावित लाभांश स्वीकृत, नगद र बोनस सेयर कति?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्रबैंकद्वारा एक्सेल डेभलपमेन्ट बैंकद्वारा प्रस्तावित लाभांश स्वीकृत, नगद र बोनस सेयर कति?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।

गत माघ १८ गते बैंक सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई कुल १८ प्रतिशत प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफा रकममध्ये चुक्तापुँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँको १७.१० प्रतिशतले हुने आउने ११ करोड ८४ लाख ४७ हजार २४९.७२ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै बोनस सेयर कर प्रयोजनार्थ बैंकले ०.९० प्रतिशतले हुन आउने ६२ लाख ३४ हजार ६५.७८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएकोमा त्यहाँबाट प्रस्ताव गरेबमोजिम लाभांश अन्य कानुनी व्यवस्थाको समेत पालना हुने गरी वार्षिक साधारणसभाबाट स्वीकृत भएको अवस्थामा वितरण गर्न स्वीकृति प्राप्त भएको बैंकले जनाएको छ। 

Read More
  • MBL - below news