पर्सा, २१ फागुन । राष्ट्रिय वाणिज्य बैंकले यहि चैत्र ७ गतेदेखि तिनदिने आरविवि ईम्पावरमेन्ट एकेडेमी तालिमको आयोजना गर्ने भएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरी बैंकले प्रदेश नम्बर २ को विद्यार्थीहरुको लागि सो तालिमको आयोजना गर्न लागेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बैंकका डेपुटी सिईओ कविराज अधिकारीले तालिम बैंकिङ्ग क्षेत्रमा काम गर्ने विद्यार्थीको लागि सुनौलो अवसर भएको जानकारी दिनुभयो । उहाँले स्नातक गरिसकेका विद्यार्थीले तालिममा भाग लिन सक्ने बताउनुभयो ।
बैंकले तालिममा सहभागि मध्ये ५० जनालाई छनौट गरी रोजगारीको अवसर समेत प्रदान गर्ने जनाएको बैंकले जनाएको छ । तालिम वीरगञ्जमा चैत्र ७,८ र ९ गते सम्म चल्ने बैंकका संतोष श्रेष्ठले जानकारी दिनुभयो ।
...






