एनआइसी एशिया बैंकले गर्यो विद्यालयलाई ३ लाख सहयोग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआइसी एशिया बैंकले गर्यो विद्यालयलाई ३ लाख सहयोग

एनआइसी एशिया बैंकले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकामा रहेको देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ।

बैंकले फर्निचर सामग्री खरिद गर्नका लागि उक्त विद्यालयलाई सहयोग गरेको हो।

मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई चेक हस्तान्तरण गरेका हुन्।

उक्त सहयोगले विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंककाे विश्वास छ।

यस बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५२ एटिएम, १०७ वटा एक्स्टेन्सन काउन्टर एवं ५७ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा दिदैं आएको छ।

Read More