काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटबाट सित्तैमा आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरी एक ठाउँबाट अर्को ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।
उक्त योजना फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ । यो सुविधा बैंकका ३१९ शाखा, १०७ विस्तारित काउण्टर, ५६ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९ हजारभन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल रुपमा लिन सकिनेछ





