नबिल बैंकको १०% ब्याजदरको ऋणपत्र चैत २ गतेदेखि निष्कासनमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नबिल बैंकको १०% ब्याजदरको ऋणपत्र चैत २ गतेदेखि निष्कासनमा

फागुन २०, काठमाडौं । नबिल बैंक लिमिटेडले चैत २ गतेदेखि रू. २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० प्रतिशत ब्याजदरमा २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।  

जसमध्ये रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि विक्री गर्ने भएको हो । सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

विसं २०८२ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । प्रति ऋणपत्र मूल्य रू. १००० तोकिएको छ ।

विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

Read More
  • MBL