एनआइसी एशिय बैंककले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा दिदै आएको छ।
यो मुद्दती निक्षेप खातामा एनआइसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेको आधारमा बीमा सुविधा पनि थप गरेको हो।
बैंकको व्याक्तिगत मुद्दती खातामा ग्राहकको लागि तीन किसिमका बीमा सुविधा दिएको छ।
बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता मार्फत जीवनका अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रुपैयाँसम्मको चमत्कारिक बीमा सुविधा दिएको छ।
खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिइएको छ।





