नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा महावीर पुन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा महावीर पुन

काठमाडौं ।  नेपाल बैंकले राष्ट्रि आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई ब्राण्ड एम्बास्डर घोषणा गरेको छ । आज आविष्कार केन्द्रमा भएको एक समारोहबीच पुनलाई ब्राण्ड एम्बास्डर घोषणा गरिएको हो ।

एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार विजेता महावीर पुनलाई नेपाल बैंकले ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको बैंकका प्रवक्ता प्रकाश अधिकारीले बताए ।  ‘हामी आविष्कार केन्द्रसँग सहकार्य गर्ने तयारीमा छौं,’  उनले भने ‘त्यसैले हामीले उहाँलाई एम्बास्डरमा नियुक्त गरेका हौं । 

पुनले देशका विकट ठाउँमा इन्टरनेट सेवा र्पुयाएर उदाहरणीय काम गरेको भन्दै म्याग्सेसे पुरस्कार दिइएको थियो ।  पुनले नेपालभर इन्टरनेट सेवा पुर्याउन सकिने योजनासमेत बनाएका छन् । 

Read More
  • MBL - below news