काठमाडौं । एभरेष्ट बैंकले आफ्नो न्यूरोड कम्प्लेक्समा अवस्थीत न्यूरोड शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ । बैंकको नयाँ परिसरमा ग्राहकमैत्री संरचना मात्र नभएर यसले आधुनिक बैकिङ्ग सुविधाहरु पनि प्रदान गर्ने उदेश्यले शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखा परिसरको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्ता मनि सिवाकोटीले गरेका हुन् । उद्धघाटन समारोहमा डेपुटी गर्भनर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा वफादार ग्राहकहरुलाई संयुक्त रुपमा सम्मानित गरेका छन् ।
चेक डिपोजीट, यूटिलिटी बिल भुक्तानी र एटीएम जस्ता आधुनिक बैकिङ्ग सुविधाहरु र ई–लबीमार्फत ग्राहकहरुलाई सहज बैकिङ्ग सेवा प्रदान गर्न यो शाखालाई डिजाइन गरिएको छ । सो अवसरमा अन्य विशिष्ठ अतिथिहरु डा. सन्धिर कुमार, डीजीएम र बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो ।






