एनसीसी बैंक अवकाश कोषद्वारा ७५ प्रतिशत लाभांश वितरण


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनसीसी बैंक अवकाश कोषद्वारा ७५ प्रतिशत लाभांश वितरण

फागुन १५, काठमाडौं । एनसीसी बैंक अवकाश कोषले संचित बचतबाट ७५ प्रतिशत लाभांश वितरण गरेको छ । कोषले गत असार मसान्तसम्मको संचित बचतबाट उक्त लाभांश वितरण गरेको हो ।

आफ्ना ३०० भन्दा बढी संघसंस्थाका सबै ग्राहक कर्मचारीहरुलाई सोही अवधिको संचित अवकाश कोषमा रहेको मौज्दातको १ दशमलव ४९ प्रतिशत लाभांश कोषले खातामै जम्मा गरिदिएको हो ।

कोषले विगतका वर्षहरुमा पनि आफ्नो संचित बचत रकमबाट आफ्ना बचतकर्ताहरुलाई लाभांश वितरण गर्दै आएको बताएको छ । सबै व्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष रू. १५ हजारसम्मको निःशुल्क औषधोपचार बीमा सुविधा समेत प्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ । 

एनसीसी बैंक अवकाश कोष नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार, आन्तरिक राजस्व विभागबाट स्वीकृति लिई विगत १७ वर्षदेखि कारोबार सञ्चालन गर्दै आएको छ ।

Read More
  • MBL