सानिमा इन्स्योरेन्सले रु. ३० करोडको आइपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सानिमा इन्स्योरेन्सले रु. ३० करोडको आइपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमीटेडले निकट भविष्यमै रु. ३० करोड बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । यसका लागि एनआइसी एशिया क्यापिटल लिमीटेडलाई कम्प्नीले निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले प्रति शेयर रु. १०० अंकित दरले हुने ३० करोड रुपैयाँ बराबरको  ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा (कर्मचारीहरु तथा ५ प्रतिशत म्युच्युअल फण्ड समेत) सार्वजनिक निश्कासन गर्न खोजेको हो । 

यही प्रयोजनका लागि एनआइसी एशिया क्यापिटलसँग  निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । 

Read More
  • MBL - below news