फागुन १५, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्या लाईफ इन्स्योरेन्सको लिलामी शेयरको लागि परेको बोलपत्र फागुन १६ गते (शुक्रवार) खोलिने भएको छ । बैंकले बिहीवार सूचना जारी गरी प्राप्त गोप्य शिलबन्दी बोलपत्र उक्त मितिमा खोलिने जानकारी गराएको हो ।
कम्पनीले संस्थापक समूहतर्फको ५५ हजार कित्ता शेयरको लागि फागुन ५ गतेदेखि १३ गतेसम्म बोलकबोल प्रकृयाद्वारा आवेदन माग गरेको थियो । बोलपत्र बिहान ९ः३० बजे एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहल, काठमाडौंमा खोलिनेछ ।





