फागुन १४, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका दुई योजना लक्ष्मी इक्वीटी फण्ड र लक्ष्मी भ्यालु फण्ड–१ को प्रतिइकाई खुद मूल्य बढेको छ । पुस मसान्तको तुलनामा दुवै फण्डको प्रतिइकाई खुद मूल्य माघ महीनामा बढेको हो ।
लक्ष्मी भ्यालु फण्ड–१ को पुस महीनामा रू. १० दशमलव शून्य ७ रहेको प्रतिइकाई खुद मूल्य माघ महीनामा रू. १० दशमलव १५ पुगेको छ । त्यस्तै लक्ष्मी इक्वीटी फण्डको पुस महीनामा रू. ९ दशमलव २९ रहेको प्रति इकाई खुद मूल्य माघ महीनामा रू. ९ दशमलव ८२ पुगेको छ ।
माघ महीनासम्म लक्ष्मी इक्वीटी फण्ड रू. १० करोड ९८ लाख र लक्ष्मी भ्यालु फण्ड–१ रू. ८ करोड ३५ लाख घाटामा रहेका छन् । लक्ष्मी भ्यालु फण्ड–१ ले माघ महीनासम्म रू. १ करोड २७ लाख ६६ हजार कुल लगानी गरेकोमा यो मूल्य रू. १ करोड २३ लाख १९ हजार रहेको छ । लगानीभन्दा बजारमूल्य कम भएको देखिन्छ । यो रकम पुस महीनामा रू. ६ करोड ७३ लाख ५३ हजार थियो । पुस महीनाको तुलनामा माघ महीनामा लगानीको मूल्यमा कमि आएको हो ।




