नेपाल ट्रस्टसँग नबिल बैंकको ५ लाख कित्ता बढी शेयर


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल ट्रस्टसँग नबिल बैंकको ५ लाख कित्ता बढी शेयर

नेपाल ट्रस्टसँग नबिल बैंकको ५ लाख कित्ता बढी शेयर रहेको पाईएको छ। नेपाल ट्रस्टले जारी गरेको स्वेतपत्रमा ट्रस्टसँग नबिल बैंकको ५ लाख ३३ हजार २ सय ४४ कित्ता शेयर रहेको देखिएको हो ।

ट्रस्टका अध्यक्ष रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज स्वेतपत्र मार्फत ट्रस्टको  नाममा रहेको जग्गा र सम्पत्तिको विवरण सार्वजनिक गरेको हुन्। सार्वजनिक गरिएको विवरण अनुसार ट्रस्टसँग  अन्नपूर्ण होटेलको ३० हजार ७ सय २० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६७ सय ५० कित्ता शेयर रहेको छ ।

त्यस्तै ट्रस्टको चल सम्पति ७८ करोड ९ लाख ७७ हजार ७ सय ९३ रुपैयाँ पुगेको उल्लेख छ । यस्तै १ लाख ४८ हजार ५ सय ८१ अमेरिकी डलर र ५० हजार १ सय २४ ब्रिटिस पाउन्ड स्टर्लिङ बैंकमा मौज्दात रहेको ट्रस्टले जनाएको छ ।

सुशील कोइराला प्रधानमन्त्री र बामदेव गौतम गृहमन्त्री भएको बेलामा एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिमा रहेको शेयर विदेशी लगानीकर्ताहरूबाट यती होल्डिङ्स प्रालिलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गरिएको स्वेतपत्रमा उल्लेख छ ।

Read More