अब मोवाइल एप्सबाटै धितोपत्र कारोबार !


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब मोवाइल एप्सबाटै धितोपत्र कारोबार !

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले मोबाइल एप्सबाटै धितोपत्र खरिदबिक्री गर्ने व्यवस्था गर्ने भएको छ ।

नेप्सेको अनलाइन प्रणालीमा रहेको टीएमएस(ट्रेडिङ मेनेजमेन्ट सिस्टम)को प्रयोग गरी हाल ब्राउजरमार्फत मात्र धितोपत्र किनबेच गर्न सकिने व्यवस्था छ । यसको अर्थ डेस्कटप वा मोबाइलमा ब्राउजर खोलेर मात्र टीएमएसमार्फत अनलाइन धितोपत्र कारोबार गर्न सकिन्छ भन्ने हो । 

हाल नेप्सेले मोवाइल एप्स संचालनमा ल्याए पनि त्यसबाट कारोबार गर्न मिल्दैन । हालको एप्सबाट मार्केट लाइभ, मार्केट डेप्थ लगायतका फिचर्स मात्र हेर्न सकिन्छ । हालको एप्स टिएमएसको फिचर भने जोडिएको छैन । अब बनाउन लागिएको एप्समा भने आवश्यक सबै फिचर्स जडान गरी यहीँबाट कारोबार पनि गर्न मिल्ने व्यवस्था हुन लागेको हो । 

Read More