काठमाडौं : आइसीएफसी फाइनान्सले आज मंगलबार (फागुन १३ गते ) देखि २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये ८० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी १ लाख २० हजार इकाई भने फाइनान्सले आफ्नै पहलमा अन्य संस्थालाई बिक्री गर्नेछ ।
यसमा लगानीकर्ताले न्यूनतम २५ इकाई र अधिकतम ७६ हजार इकाईसम्म आवेदन दिन सक्नेछन्। यस ऋणपत्रमा छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यपिटल जमल काठमाडौं, आइसीएफसी फाइनान्सको केन्द्रीय र शाखा कार्यालयहरु तथा आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
...






