भारतकाे बजेटबाट नेपालले सिक्नु पर्ने छ वटा पाठ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतकाे बजेटबाट नेपालले सिक्नु पर्ने छ वटा पाठ

नर बहादुर थापा

भारतले फेब्रुअरी १ मा आउँदो आर्थिक वर्ष (२०२०/०२१) को लागि बजेट सार्वजनिक गरेको छ। आर्थिक वर्ष शुरु हुनुभन्दा दुई महिना अगाडि नै बजेट सार्वजनिक गरेको हो। भारतले हालसालै प्रस्तुत गरेको बजेटबाट नेपालले खासगरी बजेट तर्जुमाको सम्बन्धमा केही सिक्न सक्छ।  

साना तथा झिना मसिना (माइक्रो लेभल) भन्दा पनि बृहत (म्याक्रो लेभल) मा बजेट तर्जुमाका सवालमा नेपालले केही पाठ सिक्न सक्दछ।

- पहिलो  

भारतको बजेटले सर्वसाधारण भारतीय नागरिक जोड्ने कोसिस गरिरहेको हुन्छ। यो वर्षको बजेटले पनि सर्वसाधारण नागरिक जोड्ने कोसिस गरिरहेको छ। कसरी? बजेटलाई तीनवटा मेजर थिङ र तीनवटा क्रस कटिङ थिम्स बनाएर प्रस्तुत गरेको छ। उदाहरणका लागि आस्पिरेसरी इन्डिया अर्थात महत्वाकांक्षी भारत, आर्थिक विकास र केयरिङ सोसाइटी भन्ने मुलभूत थिम बनाइएको छ। क्रस कटिङमा इजी लिभिङ, वित्तीय क्षेत्र र सुशासनमा सुधारलाई लिइएकाे छ। यी ६ वटा थिममा सारा बजेटको तर्जुमा गरेको छ। यी थिम्स मार्फत बजेटलाई सर्वसाधारणका लागि जोडिएको पाइन्छ। 

आस्पिरेसरी इन्डिया अर्थात महत्वाकांक्षी भारत नारा पहिलो नम्बरमा बजेटमा दिईएको छ। यो भनेको मोदीले अगष्ट १५ मा भारतीय अर्थतन्त्रलाई ५ ट्रिलियन अमेरिकी डलर बनाउने घोषणा गरेका छन्। जुन अहिले २.९ ट्रिलियन छ। भारतले सार्वजनिक गरेको बजेटलाई आधार मान्ने हो भने झण्डै ३ ट्रिलियन अमेरिकी डलरबाट २०२४/०२५ वा भनौ पाँच वर्षको अवधिमा ५ ट्रिलियन अमेरिकन डलर पुर्याउने लक्ष्य छ। 

विश्वमै हेर्ने हो भने, सबैभन्दा बढी अर्थन्त्रको आकारको पहिलो नम्बरमा अमेरिका छ। उसको २१ ट्रिलियन, दोस्रो चीनकाे १४ ट्रिलियन, तेस्रोमा जापान ५.३ ट्रिलियनको हाराहारीमा, चौथो नम्बरमा जर्मनी ३.२ ट्रिलियन र पाचौंमा भारत २.९ ट्रिलियन अमेरिकी डलर बराबरको अर्थतन्त्र रहेको छ। याे अर्थतन्त्रलाई ५ वर्षभित्र ५ ट्रिलियन अमेरिकी डलर बनाउने महत्वाकांक्षालाई बजेटमा समेटेको छ। 

त्यसैले राष्ट्रियताप्रति जनतालाई जाेडेर देशलाई महान् बनाउने कुराहरु बजेटमा उल्लेख गर्दै भारतीय नागरिकको ध्यान, मनोभावना बढाउने र जोडेर सँगसँगै लैजाने प्रयास यो थिमले गरेको छ। 

त्यसैगरी, आर्थिक विकासका कुराहरुमा कनेक्टभिटीमा सुधार ल्याउने, केरिङ सोसाइटीको निमार्ण गर्ने कुराहरु बजेटमा छ। त्यसैले बजेटलाई सर्वसाधारणसँग जोड्ने काम यी थिमले गर्छ। बजेटलाई सर्वसाधारणका लागि सान्दर्भिक बनाउने काम गरेको छ। जुन हामीले पनि गर्नुपर्ने हुन्छ।

नबुझिने हिसाब किताबका प्रावधानहरु, भाषाहरु, लम्बेतानका कुराहरुले मात्र हुँदैन। थिम ल्याएर, इस्युहरु ल्याएर जनतासँग जोड्ने काम नेपालले सिक्नुपर्ने हुन्छ। 

- दाेश्राे

भारतमा बजेट र आर्थिक सर्वेक्षणबीच सम्बन्ध गाँसिएको छ। आर्थिक सर्वेक्षणमा उठाएका इस्यु बजेट जोडिएको छ। नेपालमा आर्थिक सर्वेक्षण पनि आउँछ र बजेट पनि आंउछ। तर आर्थिक सर्वेक्षण र बजेटबीच कुनै लेनदेन हुँदैन। ती दुई जाेडिन सकेका छैनन्।

आर्थिक सर्वेक्षण बजेट सार्वजनिक हुनुभन्दा एक दिन पहिले आउँछ। सबै बुँदाहरु त्यहाँ हुन्छन्।  त्यसमा उठाएका कुराहरुको कार्यान्वयन बजेटले गर्छ। आर्थिक सर्वेक्षणले राष्ट्र निमार्णको विचारहरु बोक्छ, विचारहरुको उठान गर्छ र बजेटले कार्यान्वयन गर्छ। व्याख्या आर्थिक सर्वेक्षणमा हुन्छ र कार्यान्वयन बजेटले गर्छ। त्यो परम्परा नेपालले आत्मसाथ गर्नुपर्छ। यही कारणले गर्दा भारतको आर्थिक सर्वेक्षण र बजेटका डकुमेन्टलाई विश्वब्यापी रुपमा उच्च सम्मानका रुपमा लिने गरिन्छ।

ग्लाेबल सेमिनार तालिममा ठूला ठूला अथशास्त्री जस्तै नवोल नलर, जाेसेफ स्टिकलिजले गरेको प्रशंसा पनि सुनेको छु र देखेको पनि छु। भारतले जस्तै डकुमेन्ट तयार गर्नुपर्ने हुन्छ। रिजर्भ बैंक अफ इन्डियाको पनि प्रशंसा गर्ने गरिन्छ। भारतीय अर्थ मन्त्रालयको पनि प्रशंसा हुने गरेको छ। यसबाट नेपालले पनि सिक्नुपर्ने हुन्छ। बजेटलाई आर्थिक सर्वेक्षणसँग जोडनुपर्ने हुन्छ। अहिले जोडिएको छैन।

- तेस्रो

...

Read More
  • MBL - below news