राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सामाजिक सुरक्षा कोषबीच खाता सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले खाता सञ्चालनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै सामाजिक सुरक्षा कोषको विभिन्न सुरक्षा योजनामा आबद्ध रोजगारदाताले विभिन्न योजनाअन्तर्गत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्नेछन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई सरकारी संस्थाबीच भएको सम्झौताले सामाजिक सुरक्षाको कार्यान्वयनका लागि थप सहयोग पुग्ने बताए । सो अवसरमा कोषका कार्यकारी निर्देशक ज्ञवालीले सामाजिक सुरक्षा कोषको उद्देश्य तथा महत्वबारे चर्चा गरेका थिए ।






