'आरबीबीलाई उत्कृष्ट बनाउने 'मन्त्र' नेपाल बैंकले दियो' सीइओ श्रेष्ठको अन्तर्वार्ता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
'आरबीबीलाई उत्कृष्ट बनाउने 'मन्त्र' नेपाल बैंकले दियो' सीइओ श्रेष्ठको अन्तर्वार्ता

सरकारको पूर्ण स्वामित्वको नेपाल राष्ट्रिय बाणिज्य बैंक नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैंक हो। संचालनमा आएको ५४ बर्षमा बैंकले धेरै कुरा भोगेको छ। २०५० सालदेखि बैंकले थुप्रै समस्या भोग्यो र वित्तीय व्यवस्थापनका लागि बिदेशी संस्था नै गुहार्न पर्यो।

सरकारी  बैंक, झन्झटिलो प्रकृया, कागजको थुप्रो, प्रविधि नबुझेका कर्मचारी जस्ता शब्दले चिनिने बैंक आज देशकै अग्रणी बैंकभित्र पर्छ। नाफा र व्यवसायको अंकमा बैंकिङ उद्योगमा नै पहिलो नम्बंरमा छ। 

गत आर्थिक बर्षको कुरा मात्रै गर्ने हो भने बैंकले ४ अर्ब ३२ करोड खुद मुनाफा आर्जन गरेर बैंकहरुमा नै धेरै नाफा कमाउने बैंकमा आफुलाई स्थापित गर्यो। पछिल्ला बर्षहरुमा नाफाको अंकमा मात्र नभई व्यवस्थापनमा, सेवाको गुणस्तरमा बैंकले लोभलाग्दो प्रगति गरेको छ। 

 

प्रत्येक खरिद बिक्रिमा सार्वजनिक खरिद ऐन अन्तर्गत रहनुपर्ने, ब्यवस्थापन र संचालक समिति सरकारलै नै बनाउनु पर्ने, बिभिन्न पार्टीमा आस्था राख्ने फरक फरक कर्मचारी युनियन, कर्मचारी भर्ना लोकसेवा आयोगबाट मात्रै गर्नुपर्ने जस्ता प्रकृयागत जटिलतालाई व्यवस्थापन गरेर बैंकलाई उत्कृष्ट बैंकको पहिचान दिन कसरि सम्भव भयो भन्ने आम चाँसोको बिषय बनेको छ।

यहि चाँसोलाई सम्बोधन गर्नका नेपाल बैंकमा करिब अढाई दशक काम गरेका, हाल नेपाल ब्यवस्थापन संघमा अध्यक्षमा निर्वाचित भएका र राष्ट्रिय बाणिज्य बैंकलाई ४ बर्षदेखि नेतृत्त्व गरिरहेका अग्रज बैंकर तथा  बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) किरणकुमार श्रेष्ठसँग बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले कुराकानी गरेका छन; प्रस्तुत छ कुराकानीको सम्पादित अंश:      

४२ साल पछि अर्थात करिब ३ दशकपछि १२ प्रतिशत नगद लाभांश खुवाउन सफल हुनु भएको छ त्यस्तो के जादु गर्नुभयो ?

बैंकले गत आर्थिक बर्ष बैंकिङ उद्योगमै सबै भन्दा बढी ५ अर्ब ४ करोड मुनाफा आर्जन गरेको थियो। त्यसबाट नै १२ प्रतिशत अर्थात १ अर्ब ८ करोड रुपैयाँ लाभांशको रुपमा बितरण गरिएको हो, जुन ऐतिहासिक नै हो। नाफा गर्ने बैंकमा आरबीबी २७ वटै बैंकमा उत्कृष्ट बनेको छ भने राज्यलाई कर तिर्नेमा पनि पहिलो नम्बरमा पर्छ। 

Read More
  • MBL - below news