के तपाईंले बैंक खाताबाट पैसा झिक्न नमिल्ने भएको छ ? यस्तो अवस्थामा बैंकमा जिज्ञासा राख्दा आउँन सक्ने एउटा जवाफ हो 'तपाईंको ग्राहक पहिचान Know Your Customer (KYC) फाराम अपडेट छैन । अपडेट गर्नुहोला ! त्यसपछि तपाईं बैंकमा गएर केवाईसी फाराम भरेपछि मात्रै खाता एक्टिभ हुन्छ ।'
केवाईसी बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचानका लागि प्रयोग गर्ने फाराम हो । यसमा आफ्नो ग्राहकको व्यक्तिगत परिचय, पेशा, बसोबास आदि विवरण उल्लेख गर्नुपर्दछ । ग्राहक पहिचान फाराम प्रयोग गर्नुको उदेश्य ग्राहक र संस्थाबीचको सम्बन्ध सुमधुर बनाउनु हो । यसले बैंकको जोखिम कम गर्नुका साथै ग्राहकलाई गैरकानुनी कार्य गर्न निरुत्साहित गर्दछ । यो फाराम प्रयोग गर्नुको उदेश्य सम्पत्ति शुद्धिकरण नियन्त्रण गर्नुपनि हो ।
केवाईसी फाराम विश्वभर प्रयोग हुने गर्दछ । खासगरी बैंक तथा वित्तीय संस्थाहरुमा प्रयोग हुँदै आएको यस्तो फाराम हिजोआज अन्य क्षेत्रमा समेत निकै लोकप्रिय र प्रचलित छ ।
मूलतः संस्था र ग्राहकबीचको सम्बन्ध राम्रो बनाउने तथा जोखिम र गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न सघाउने भएकाले ग्राहक पहिचान फाराम निकै उपयोगी माध्यम हो । यो फाराम नभरेको वा अपडेट नभएको खण्डमा संस्थाले दिने सेवा, सुविधा र कारोबारमा असुविधा हुनुका साथै सेवा अवरुद्धसमेत हुनसक्छ ।
केवाईसी फारामको प्रयोग मूलतः यी चारवटा विषयसँग सम्बन्धित छ ।







