एनएमबी बैंकद्वारा स्वरोजगारका लागि आवेदन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएमबी बैंकद्वारा स्वरोजगारका लागि आवेदन

ठमाडौं । एनएमबी बैंकले सिराहामा हुने प्रोजेक्ट स्वरोजगारमा सहभागिताका लागि आवेदन आह्वान गरेको छ । यो बैंकको दिगो विकासका लागि दीर्घकालीन उद्देश्यका साथ अवसरको सिर्जना तथा प्रवद्र्घन गर्न सञ्चालनमा ल्याइएको सामाजिक उत्तरदायित्वअन्तर्गतको परियोजना हो ।

सो परियोजनको डिजाइन र व्यवस्थापन बैंक र ग्लोबल प्रालिको साझेदारीमा गरिएको हो । यो परियोजना सिरहाका ५० जना व्यक्तिलाई प्रशिक्षण प्रदान गर्न गरी डिजाइन गरिएको छ । जसले उनीहरूको उद्यमशीलता र क्षमता विकास गर्न मद्दत गर्ने अपेक्षा छ । तालिमका लागि उद्यमीको संलग्नता, रुचि र विचारको आधारमा काम गर्ने क्षमतालाई मध्यनजर गरी सहभागीको छनोट गरिनेछ ।

चारदिने तालिममा सम्बन्धित क्षेत्रमा अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिनेछ । यस तालिम निःशुल्क रूपमा ५० जनालाई प्रदान गरिनेछ । इच्छुक आवेदकले फारम भरी स्थानीय एनएमबी बैंक शाखामा र अन्य सरोकारवालाको कार्यालयमा पेस गर्न सक्नेछन् । कार्यक्रममा सहभागी हुन २७ फागुनसम्म फारम भर्न सकिन्छ ।

...

Read More
  • MBL - below news