दूरसञ्चार, कम्प्युटर र सूचना सेवाको विश्व आयात ३ खर्ब ४९ अर्ब डलरको


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दूरसञ्चार, कम्प्युटर र सूचना सेवाको विश्व आयात ३ खर्ब ४९ अर्ब डलरको

काठमाडौं (अस) । विश्वमा दूरसञ्चार, कम्प्युटर र सूचना सेवा पनि एक महत्त्वपूर्ण निर्यात सेवाका रूपमा देखापरेको छ । आईटीसी ट्रेडम्यापका सन् २०१८ मा ३ खर्ब ४९ अर्ब अमेरिकी डलरको दूरसञ्चार, कम्प्युटर र सूचना सेवाको आयात भएको पाइन्छ । नेपाल जस्तो भूपरिवेष्टित देश, जहाँ वस्तु निर्यात पारवहन खर्चका कारण महँगो हुँदै गएको सन्दर्भमा दूरसञ्चार, कम्प्युटर र सूचना सेवा निर्यात नेपालका लागि उपयुक्त विकल्प हुन सक्दछ । यस अवस्थामा दूरसञ्चार, कम्प्युटर र सूचना सेवा निर्यातलाई निर्यात प्रवर्द्धनको मूलप्रवाहमा ल्याई तदनुकूल कानूनी, संस्थागत, संरचनागत र पूर्वाधारगत व्यवस्था गर्नु आवश्यक देखिन्छ । 

Read More