एभरेष्ट बैंकले महिला उद्यमीलाई सहुलियत कर्जा दिने, व्यवसायको विस्तार गर्न सक्षम बनाउने उद्देश्य


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एभरेष्ट बैंकले महिला उद्यमीलाई सहुलियत कर्जा दिने, व्यवसायको विस्तार गर्न सक्षम बनाउने उद्देश्य

काठमाडौं । एभरेष्ट बैंकले महिला उद्यमीलाई सहुलियत कर्जा दिने भएको छ । बैंकले कर्जा दिन हेफर इन्टरनेशनल नेपालसँग सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतासँगै दुवै संस्थाले बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती, कुखुरा पालनमा संलग्न ग्रामीण भेगका महिला उद्यमीहरुलाई वित्तीय पहुँच पुर्याउनका लागि संयुक्त प्रयास गर्नेछ । यस साझेदारीले उद्यमीहरुको क्षमताको आंकलन र विकासमा केन्द्रित हुँदै उनीहरुलाई आफ्नो व्यवसायको विस्तार गर्न सक्षम बनाउनेछ ।

Read More
  • MBL - below news