साधना लघुवित्तले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
साधना लघुवित्तले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

गोरखा । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको हाडिँखोला शाखामा आबद्घ सदस्यहरुलाई नेपाल राष्ट्र बैकका निर्देशक राजन विक्रम थापाको प्रमुख आतिथ्यतामा वित्तीय साक्षरता कार्यक्रम संम्पन्न गरेको छ ।

 वित्तीय संस्थाका २०० जना भन्दा वढि सदस्यहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा बोल्दै  थापाले ग्रामिण भेगमा आर्थिक रुपान्तरण सँगै महिला सशक्तिकरणमा लघुवित्त कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताए । ग्रामिण क्षेत्रमा वित्तीय साक्षरताको ज्ञान भए मात्रै लघुवित्त कार्यक्रमले सदस्यहरुमा उद्यमशिलताको विकास भई उनिहरुको जिवनस्तरमा समेत सुधार हुने उहाँले बताए।

कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका उपाअध्क्षय निर्मला हिम्डुङ्गले ग्रामिण विकासका लागि वित्तीय संस्थाहरुले महत्बर्पुण भुमिका निर्वाह गरेको हुदा वित्तीय सेवाको सहि उपयोग गर्न सबैलाइ आबहान गरेका थिए साथै राक्सिराङ्ग गाउँपालिका वडा नं ८ का वडा अध्क्षय राम कृष्ण प्रजा, सुर्योदय मा.वि का प्रधानाध्यापक दिपक कार्कीले उक्त कार्यक्रममा शुभकामना मन्तब्य राखृका थिए । त्यसै गरि वित्तीय संस्थाका प्रमुख कार्याकारी अधिकृत रेशम न्यौपानेले ग्रामिण भेगमा वित्तीय सैवा सँगै वित्तीय साक्षरता आजको आबश्यकता रहेको हुदा वित्तीय साक्षरता कार्यक्रमलाइ जोड दिई राज्यको दुर दराजमा सहज, सरल र उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउने वित्तीय संस्थाको उदेश्य रहेको बताए ।

Read More
  • MBL - below news