युनियन लाइफले गल्ती सुधार्‍यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
युनियन लाइफले गल्ती सुधार्‍यो

नयाँ जिवन बीमा कम्पनीमा अव्वल दहरिएको युनियन लाइफले यसअघि सार्वजनिक गरेको वित्तीय विवरण सच्याएर पुन सार्वजनिक गरेको छ।  बिजपाटी डटकमले युनियन लाइफको वित्तीय विवरणमा अस्वाभाविक मुनाफा देखिएको भन्ने समाचार लेखेपछि बीमा समितिको निर्देशनमा कम्पनीले यसअघिको वित्तीय विवरण सच्याएको हो। 

युनियन लाइफको दोस्रो त्रैमासको मुनाफा ७ करोड ७३ लाख हुनुपर्ने तर अस्वभाविक रुपमा २२ करोड देखिएको भन्ने समाचारमा ध्यानाकर्षण भएपछि आफुहरुले निर्देशन दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमणले बिजपाटी डटकमलाई बताए। 

बीमा समितिका चार्टड एकाउन्टेन्ट सन्तोष कार्कीकाअनुसार युनियन लाइफले स्थगन करलाई वित्तीय विवरणमा देखाउँदा त्यसले बुझाई प्रभावित भएको र त्यसले बजारमा गलत संदेश गएकाले सच्याएर पुन सार्वजनिक गर्नलाई निर्देशन दिईएको बताए। सीए कार्कीकाअनुसार आयकरको मुनाफा र कम्पनीको प्राबधानबाट देखिने मुनाफामा लाग्ने  करको फरकलाई स्थगन कर भनिन्छ, र यस्तो कर पछि समायोजन हुँदै जाने भएकाले बीमा समितिले दिएको वित्तीय विवरणको फर्म्याटमा यो कुरा समावेस गर्न पाइदैन। 

यता युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णले बीमा समितिको निर्देशनपछि आफुहरुले यसअघि सार्वजनिक गरेको वित्तीय विवरण संसोधन गरेको बताए। यसअघि जारी भएको वित्तीय विवरणमा खुद मुनाफा २२ करोड हो कि भन्ने भान परेको र त्यसले पछि कम्पनीलाई नै पछि दबाबमा पार्न सक्ने भएकाले संसोधन गरिएको उनले बताए।  

युनियन लाइफले यसअघि जारि गरेको वित्तीय विवरणलाई नै आधार मानेर अधिकांश मिडियाले युनियन लाइफले २२ करोड मुनाफा आर्जन गरेको आशयमा समाचार लेखेका थिए। यस्तो समाचारले सर्वसाधारणलाई मात्र नभई कम्पनीलाई अप्ठ्यारो परेको सीईओ कर्णले बिजपाटीकर्मीसँगको कुराकानीमा बताए। 

Read More
  • MBL - below news