काठमाडौं : आइपीओ ल्याउने तयारी गरिरहेको रिलायबल नेपाल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७६–७७ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमाससम्म १३ करोड २५ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३३.५६% ले धेरै हो । गत वर्ष यस कम्पनीको नाफा ९ करोड ९२ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।
खुद बिमा शुल्क पनि गत वर्षको भन्दा ७३.०८% ले बढेर ८६ करोड ११ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बिमा शुल्क आर्जन ४९ करोड ७५ लाख रुपैयाँ थियो । यसले १३ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यो गत वर्षको यसै समयमा भन्दा ५०३.०४% ले धेरै हो । गत वर्ष २ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी भएको थियो ।
रिलायबल नेपालले जीवन बिमा कोषको आकार पनि २१०.३१% ले बढाएको छ । गत वर्ष २८ करोड १२ लाख रुपैयाँ रहेको बिमा कोष यो वर्ष ८७ करोड २६ लाख रुपैयाँ पुगेको हो । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५६ करोड ६५ लाख रुपैयाँ छ ।




