काठमाण्डौ । अहिले नेपालमा विस्तारै पैसाको हाते कारोबार घट्दै गइरहेको छ।
क्रेडिट कार्ड, डेबिट कार्डजस्ता आधुनिक उपकरणले पैसा साथमा बोकेर कारोबार गर्नुुपर्ने बाध्यताबाट छुटकारा दिलाएको छ। यी कार्डका प्रयोगकर्ता नेपालमा पनि उल्लेख्य संख्यामा रहेका छन्। यदि तपाइँ पनि पहिलो पटक क्रेडिट कार्ड प्रयोग गर्नेबारे सोचिरहनुभएको छ भने योसँग जोडिएका केही महत्वपूर्ण कुराहरु जानी राख्न आवश्यक पर्दछ। यसो गर्दा तपाइँलाई उपयुक्त हुने क्रेडिट कार्ड छनोट गर्न सहयोग पुग्दछ र यसबाट तपाइँलाई फाइदासमेत पुग्दछ।
तथापि जानकारका अनुसार क्रेडिट कार्ड प्रयोग गर्दा वित्तीय अनुशासनको पालना गर्नु अतिआवश्यक पर्ने गर्दछ। यसो गर्दा तपाइँको क्रेडिट स्कोर मजबुत हुनुका साथै ऋण हासिल गर्नसमेत मद्दत पुुग्दछ। यहाँ हामी तपाइँहरुसमक्ष क्रेडिट कार्ड लिनुभन्दा पहिले ध्यान दिनुपर्ने विषयबारे चर्चा गर्दैछौँ।





