सिभिल बैंकको १०९औं शाखा नवलपरासीको सुनवलमा, ढुंगाना र थापाद्वारा उद्घाटन !


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 सिभिल बैंकको १०९औं शाखा नवलपरासीको सुनवलमा, ढुंगाना र  थापाद्वारा उद्घाटन !

काठमाडौं - सिभिल बैंकले शाखा विस्तार गर्ने क्रममा नवलपरासीको सुनवलमा आफ्नो १०९औं शाखा संचालनमा ल्याएको छ । उक्त सुनवल शाखाको उद्घाटन सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रूपमा गरेका हुन् । 
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज प्रदान गरेको छ । सो फ्रिज सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाद्वारा श्री कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यलाई प्रदान गरिएको हो । 
सुनवल शाखा उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले नगरवासीलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गर्नुका साथै आफुसँग भएको सानो सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न पनि आग्रह गरे ।

Read More
  • MBL - below news