मेगा बैंकले दोहा बैंकबाट रु. २ अर्ब भित्र्याउने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेगा बैंकले दोहा बैंकबाट रु. २ अर्ब भित्र्याउने

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले दोहा बैंकबाट २ अर्ब रुपैंया भन्दा बढी व्यवसायिक ऋण नेपाल भित्र्याउने भएको छ । 

मेगा बैंक नेपाल लिमिटेडले कतारको दोहा बैंकबाट २ करोड अमेरिकी डलर (करिब २ अर्ब २५ करोड रुपैंया) भित्र्याउन लागेको हो । 

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  

दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो । 

नेपाल राष्ट्र बैंकको स्वीकृति लगत्तै मेगा बैंकले यो रकम नेपालमा भित्राउनेछ। 

कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट व्यवसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैंकको व्यवस्था मेगा बैंकले दोहा बैंकबाट रकम ल्याउने प्रक्रिया थालेको थियो । 

Read More
  • MBL - below news