लमजुङको 'लमजुङ माबी गाउँ शहर' बाट २०४३ सालमा एसएलसी सकेर बिज्ञान संकायमा उच्च शिक्षाका लागि काठमाडौं आएका कृष्णबहादुर अधिकारी अहिले नेपालकै जेठो बैंकका प्रमुख कार्यकारी अधिकृत बन्न सफल भएका छन। नेपाल बैंकबाट नै बैंकिङ करियर सुरु गरेका अधिकारिसँग नेपाल बैंकमा मात्रै १६ बर्ष काम गरेको अनुभव छ।
नेपाल बैंकमा २०६१ सालमा छैटौं तहबाट प्रवेश गरेका अधिकारि सातौँ तहको परिक्षा दिएपनि खुला प्रतिस्पर्धाबाट सिधै नवौं तहमा वरिष्ट प्रबन्धक बने। २०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गरेका अधिकारि न्युरोड शाखा प्रमुख, सहायक कार्यकारी प्रमुख, कामु सीईओ हुँदै अन्तत: नेपाल बैंकको प्रमुख कार्यकारी बनेका हुन।
नेपाल बैंककै करियर बैंकर रहेका अधिकारि कर्जा बिभाग प्रमुख समेत भएर काम गरेका थिए। अधिकारि त्रिभुवन विश्वविद्यालयबाट एमबिए तथा पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए हुन्।
अधिकारिले १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै सीईओमा नियुक्त भएका हुन। प्रमुख कार्यकारीबाट देवेन्द्रप्रताप शाह अवकास भएपछि उनि २०७५ चैत १२ गते कामु सिइओ बनेका थिए। बैंक संचालक समितिले असोज १५ गते २०७६ सालदेखि अर्को चार बर्षको लागि प्रमुख कार्यकारीको जिम्मेवारी दिएपछि अधिकारिले २३०० कर्मचारीको नेतृत्त्व गरिरहेका छन।
बैंक भित्रबाट नै प्रमुख कार्यकारी चयन हुनु बैंकमा कार्यरत अन्य कर्मचारीको लागि पनि प्रोत्साहनको बिषय हो भन्छन अधिकारि. त्यसो त हँसिला र शान्त स्वभावका अधिकारि करियर सुरु गरेको बैंकमा नै प्रमुख कार्यकारी हुन्छु भन्ने सायद कहिल्यै सोचेका थिएनन।
देशको जेठो बैंकको नेतृत्त्व लिएका अधिकारिसँग उनको अनुभव, चुनौती र आगामी योजनाबारे बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले कुराकानी गरेका छन, प्रस्तुत छ कुराकानीको सम्पादित अंश:
२०६१ मा छैटौं तहबाट सेवा प्रवेश गरि बिभिन्न जिम्मेवारी सम्हाल्दै अहिले नेतृत्त्वमा हुनुहुन्छ, कस्तो अनुभव गर्नुभएको छ ?
नेपालकै जेठो नेपाल बैंक लिमिटेडको सीईओ हुनपाउँदा गौराभान्वित हुनु स्वाभाविक नै हो। सीईओ नियुक्तिले कुनै पनि काममा जिम्मेवारीलाई प्राथमिकतामा राखेर निष्ठापूर्ण रुपले पुरा गर्दा व्यवसायिक जीवनमा सफल हुन् सकिन्छ भन्ने मलाई लागेको छ। २०६१ सालमा नेपाल प्रवेश गरेको दिनदेखि नै मेरो कार्य एकै किसिमको हो, आफ्नो जिम्मेवारी सहि रुपले निभाउनु पर्छ भन्ने मेरो सुरु देखिको नै मान्यता हो।
नेपाल बैंक संचालक समितिले बैंक भित्रकै कर्मचारीलाई प्प्रमुख कार्यकारीको जिम्मेवारी दिएको छ, यसले बैंकका कर्मचारीको मनोबल उच्च राख्न प्रोत्साहन मिलेको छ।
निर्देशन पालना गर्ने र निर्देशन दिने जिम्मेवारीमा हुँदा कति अन्तर पर्छ ?
...







