'मेनेजरलाई काट्छु' भन्दै नेपाल बैंकमा खुकुरी बोकेर जाने गजेन्द्र को हुन् ? ऋण नदिएको पीडाको कि नपत्याएको झोक ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 'मेनेजरलाई काट्छु' भन्दै नेपाल बैंकमा खुकुरी बोकेर जाने गजेन्द्र को हुन् ? ऋण नदिएको पीडाको कि नपत्याएको झोक ?

हेटौँडा । मोफसलमा रहेका बैंकक शाखा कति सुरक्षित छन् त ? भन्ने प्रश्न उठिरहेका बेला हेटौँडाको नेपाल बैंकमा म्यानेजरलाई काट्छु भन्दै खुकुरी बोकेर जाने एकजनालाई प्रहरीले पक्राउ गरेको खबर छ । प्रहरीले खुकुरी लिएर 'आज म्यानेजरलाई काट्छु' भन्दै नेपाल बैंकको हेटौँडा शाखामा पुगेका गजेन्द्रराज गिरीलाई पक्राउ गरेको हो । हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ चिल्ड्रेन पार्क ठेगाना रहेका गजेन्द्रराज गिरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
उनी गत फागुन १ गते गरगहना धितो राखेर ऋण माग्न आएका थिए । तर उनलाई ऋण नपत्याएको भन्दै उनी सोहि दिन 'पख म देखाईदिन्छु' भन्दै बैंकबाट निस्किएका थिए । त्यसको भोलिपल्ट उनी बा ५ प २६२५ नम्बरको कारमा खुकुरीसहित बैंक आएका थिए । प्रहरीले उनको कारबाट १६ इन्चको सिरुपाते खुकुरी, चक्कु, यौन उत्तेजना बढाउने भियग्रालगाएतका सामाग्री समेत बरामद गरेको छ ।

Read More
  • MBL - below news