आईसीएफसीले फागुन १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आईसीएफसीले फागुन १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

आईसीएफसी फाइनान्स लिमिटेड (ICFC) ले फागुन १३ गतेदेखि वार्षिक १२ प्रतिशत ब्याजदरमा २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ।

फाइनान्सले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये १२ करोड रुपैयाँबराबरको १ लाख २० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ८ करोड रुपैयाँ बराबरको ८० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ। सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ४ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम ७६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

७ वर्ष अवधि रहेको सो ऋणपत्रमा फाइनान्सले वार्षिक १२ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्ने बताएको छ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सो ऋणपत्रमा छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ।

Read More
  • MBL - below news