क्यान इन्फोटेकको दोस्रो दिन, करिव ७५ हजारले गरे अवलोकन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
क्यान इन्फोटेकको दोस्रो दिन, करिव ७५ हजारले गरे अवलोकन

अर्थ संसार, काठमाडौं– काठमाडौंमा जारी क्यान इन्फोटेकको दोस्रो दिन ७५ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । क्यान महासंघका महासचिव नारायण थापाका अनुसार बिदा भएकाले पनि शनिबार अवलोकनकर्ताको संख्या बढेको हो ।

मेलाको पहिलो दिन आइतबार करिब ३५ हजारले अवलोकन गरेका उनले बताए । बुधबारसम्म हुने मेला ४ लाखले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

शनिबार क्यान इन्फोटेकमा अवलोकनकर्तालाई लक्षित गरी विभिन्न ब्राण्डले छुट र अफरको घोषणा गरेका थिए । त्यस्ता स्टलहरुमा अवलोकनकर्ताको भीड लागेको थियो ।
यो वर्षको क्यान इन्फोटकमा स्टार्टअप र इन्नोभेसनलाई विशेष महत्व दिइएको आयोजकले जनाएको छ ।

स्टार्टअप र नवीनतम प्रविधिमा आधारित व्यवसायलाई प्रवद्र्धन गर्न भन्दै क्यानले सार्बजनिक सूचना निकालेर तथा  विभिन्न विश्वविद्यालय र कलेजमा पत्राचार गर्दै बिशेष स्टल उपलब्ध गराउने जानकारी दिएको थियो ।

अन्य स्टलको तुलनामा स्टार्टअप र इन्नोभेसनका स्टलमा अवलोकनकर्ताको संख्या कम भए पनि अवलोकनकर्ताको लागि जानकारीमूलक भएको बताए ।
प्रदर्शनीमा विशेषगरी विद्यालय व्यवस्थपन सम्बन्धी सेवा दिने स्टार्टअप, टिकेटिङ तथा युटिलिटी पेमेन्ट, रगत संकलनमा सहयोग गर्ने जस्ता इन्नोभेटिभ आइडियाहरु प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमा  स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनेन्शियल नोटिसेस, सोसाइटी डेभलपमेनट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाडौं अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्कील सेवा, इ–टिकेट नेपाल, सर्वनाम सफ्टवेयर, भेदा, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपको स्टल छन् ।

...

Read More