ह्वाट्स एपका प्रयोगकर्ता २ अर्ब नाघे, सूचनाको गोपनीयतामा फेसबुक प्रतिबद्ध


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ह्वाट्स एपका प्रयोगकर्ता २ अर्ब नाघे, सूचनाको गोपनीयतामा फेसबुक प्रतिबद्ध

 सान फ्रान्सिस्को : फेसबुकको स्वामित्वमा रहेको ह्वाट्स एपका प्रयोगकर्ता २ अर्ब भन्दा बढी पुगेको फेसबुकले जनाएको छ । मेसेन्जर झैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्स एपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ । फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्स एप सञ्चार सेवालाई सन् २०१४ मा किनेको थियो । ह्वाट्स एपमा निःशुल्क सञ्चार सेवाका साथै भ्वाइस र भिडियो सेवा पनि उपलब्ध छ ।
 
२ अर्ब प्रयोगकर्ताको एउटा विशिष्ट कोशेढुंगा पार गर्न सफल भएकामा कम्पनीले गर्वको महशुस गरेको ह्वाट्स एपको ब्लग पोस्टमा लेखिएको छ । कम्पनीले व्यक्तिका निजी सूचनालाई अझ बढी विश्वासिलो ढंगबाट सुरक्षित गरिने र कसैले सहजै भंग गर्न नसक्ने परिस्थिति निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

अमेरिकी सरकारले ह्वाट्स एप, मेसेन्जर, भाइबर जस्ता सञ्चार सेवाका सन्देशहरुमा राज्यका निकायको पहुँच बढाउनुपर्ने दाबी गर्दै आएको सन्दर्भमा फेसबुकले व्यक्तिका गोपनीय सूचनाको संरक्षणलाई अझ बलियो बनाउन चाहेको बताएको हो ।

Read More