युनियन लाइफको ब्यालेन्स सिटमा गडबढी, 'चोरबाटो' बाट ४ गुणा बढी नाफा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
युनियन लाइफको ब्यालेन्स सिटमा गडबढी, 'चोरबाटो' बाट ४ गुणा बढी नाफा

युनियन लाइफले सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रगति विवरणमा अस्वाभाविक मुनाफा देखिएको छ। कम्पनीले प्रस्तुत गरेको वित्तीय विवरणमा खर्चको शिर्षकमा आयकरलाई आम्दानी जस्तै मानेर हिसाब गर्दा अस्वभाविक नाफा देखिएको हो। 

कम्पनीले कुल आम्दानी १२ करोड २४ लाख ३७ हजार २३ रुपैयाँ देखाएको छ भने व्यवस्थापन तथा खर्चमा १० करोड १४ लाख ५५ हजार २४८ देखाएको छ भने उसले २२ करोड ३८ लाख ९२ गाहार २७१ रुपैयाँ खुद मुनाफा देखाएको छ। 

युनियन लाइफले व्यवस्थापन तथा खर्च शिर्षकमा राखेर आयकरलाई आम्दानी मानेर हिसाब गरेको छ। उसले आयकर अन्तर्गतको १४ करोड ६५ लाख ११ हजार २२४ रुपैयाँलाई खर्चको शिर्षकमा (-) अर्थात माइनस मानेर हिसाब गरेको छ। समान्यतया आम्दानी भएको अवस्थामा कम्पनीले आयकर तिर्नुपर्छ र त्यसलाई खर्चको शिर्षकमा देखाउनु पर्छ र आय नभएको बेला कुनै आयकर तिर्नुपर्ने नभएकाले त्यसलाई शुन्य मानेर हिसाब गर्ने गरिन्छ। 

तर युनियन लाइफले भने आयकरलाई पनि खर्चको शिर्षकमा माइनस मा राखेर आम्दानीसँग जोडेको छ, जसले गर्दा युनियन लाइफको चालू आर्थिक बर्षको मुनाफा अघिल्लो आर्थिक बर्षको यसअवधिसंगको तुलनामा करिब साढे तीन गुणाले बढेको देखिएको हो। यसलाई जानकारहरु अस्वभाविक मुनाफा देखाउन युनियन लाइफले बदमासी गरेको बताउछन।

अन्य कम्पनीले आयकरलाई खर्चको शिर्षकमा राखेर आम्दानीबाट घटाएर देखाउने गरेका छन तर युनियन लाइफले खर्चको शिर्षकमा आम्दानी ठानेर किन आम्दानी मान्य भन्ने बिषयमा आफै अनबिज्ञ भएको एक चार्टड एकाउन्टेन्टले बिजपाटीलाई बताए।  

Read More
  • MBL