रा.वा.बैंकका प्रमुख कार्यकारी अधिकृत म्यानको अध्यक्ष पदमा निर्वाचित


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रा.वा.बैंकका प्रमुख कार्यकारी अधिकृत म्यानको अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्ष पदमा निर्वाचित भएको छ । 
(म्यान)को अध्यक्ष पदमा निर्वाचित, म्यानेजर अफ द एयर २०१९ पुरस्कार प्राप्त गरेका र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट संस्थागत तर्फ कार्यकारीणी समितिमा नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी सर्वाधिक बढी मतका साथ निर्वाचित भएकोमा बैंकका विभागीय प्रमुखहरु तथा उच्च व्यवस्थापनबाट बुधबार एक समारोहका बीच बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल व्यवस्थापन संघ(म्यान) को अध्यक्ष किरणकुमार श्रेष्ठले म्यानेजर अफ द एयर २०१९ पुरस्कार पाउनु बैंक भित्रका सम्पूर्ण कर्मचारीहरुको सामुहिक प्रयासको उपज हो भन्नु हुंदै बैंकले गरेको प्रगतिको मूल्याङ्कन हुन थालेको बताए । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले म्यानको कार्यकारीणी समितिमा भएको विजयी सम्पूर्ण राष्ट्रिय वाणिज्य बैंक परिवारको भएको बताए । 

Read More
  • MBL - below news