राष्ट्रिय वाणिज्य बैंकले कमायो सर्वाधिक नाफा, अन्य सूचक कस्तो छ ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय वाणिज्य बैंकले कमायो सर्वाधिक नाफा, अन्य सूचक कस्तो छ ?

राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा दुई अर्ब २० करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० करोडले घटेको भएपनि सबैभन्दा बढी हो । बैंकको सवतणयोग्य नाफा भने एक अर्ब नौ करोड रुपैयाँ मात्रै रहेको छ ।

छ महिनामा पाँच अर्ब छ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको संचालन मुनाफा तीन अर्ब छ करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा नौ अर्ब चुक्तापुँजी रहेको बैंकले जगेडाकोषमा १२ अर्ब ४८ करोड रुपैयाँ राखेको छ । यो अवधिमा एक खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

Read More
  • MBL - below news