काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ह्वात्तै बढेको छ । दोस्रो त्रैमासिक अवधिसम्म मेगा बैंकले ९५ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको हो ।
चालु आर्थिक बर्ष २०७५÷७६ को पहिलो त्रैमासिकमा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमासिकसम्म आइपुग्दा ९५ करोड २ लाख खुद मुनाफा गर्न सफल भएको छ । जबकी आर्थिक वर्ष २०७५÷७६ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ७३ करोड २० लाख रुपैँया मुनाफा आर्जन गरेको थियो ।
बैंकको वित्तीय विवरण अनुसार, गत वर्षको सोही अवधिको तुलनामा बैंकले करिब ३० प्रतिशत मुनाफा बृद्धि गर्न सफल भएको छ । २०७६ पौष मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रुपैँया पुगेको छ जुन २० प्रतिशत भन्दा बढीको वृद्धि हो ।





