लाभांश बुझिलिन सगरमाथा इन्स्योरेन्सको अनुरोध


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लाभांश बुझिलिन सगरमाथा इन्स्योरेन्सको अनुरोध

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०६९/७० को २२ प्रतिशत नगद लाभांश बुझ्न बाँकी सदस्यहरुलाई लाभांश बुझिलिन आग्रह गरेको छ । 

कम्पनीले बुधबार सुचना जारी गरी लाभांश वितरण गर्ने निर्णय भएको पाँच वर्षसम्म शेयरधनीहरुले नबुझे लगानी कर्ता संरक्षण काषमा जम्मा हुने जानकारी गराएको हो । यसर्थ समयमै आफ्नो लाभांश बुझिलिन शेयरधनीहरुलाई कम्पनीले अनुरोध गरेको हो । 

कम्पनीले सो व्यवस्था अनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०६८/६९ सम्मको लाभांश लगानीकर्ता संरक्षण कोषमा पठाइसकेको समेत बताएको छ । 

कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले २२ प्रतिशत नगद लाभांश २०७१ साल असार ५ गते सम्पन्न वार्षिक साधारण सभामार्फत पारित गराएको थियो ।

Read More
  • MBL - below news