राष्ट्रिय वाणिज्य बैंक ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको इम्पेरिमेन्ट चार्ज बढेसँगै खुद नाफा घटेको छ।
सो अवधिसम्ममा बैंकले २ अर्ब २० करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० करोड ४ लाख रुपैयाँ अर्थात ८.३१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी बढेपनि इम्पेरिमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न दबाब पुगेको हो।
पुस मसान्तसम्ममा बैंकले ५ अर्ब ६ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १० करोड ६९ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने ३७ करोड २१ लाख रुपैयाँ घटेर ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ।






