भ्यालेन्टाइन डेमा एनआइसीको मोबैंक प्रयोगकर्तालाई सोल्टीमा निशुल्क डिनर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भ्यालेन्टाइन डेमा एनआइसीको मोबैंक प्रयोगकर्तालाई सोल्टीमा निशुल्क डिनर

काठमाडौं– एन आई सी बैंकले भ्यालेन्टाइन डे लक्षित गरि बैंकको मोबाइल बैंकिङ्ग एप मोबैंकमार्फत कारोबार गर्ने ग्राहकहरुलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ । 

जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गते सम्म एन आई सी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप “मोबैंक” कारोबार गर्ने २० भाग्यमानी ग्राहक महानुभावहरुले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनेछन् । 

यस बैंकको मोबाईल बैंकिङ्ग एपमोबैंकमार्फत कुनै पनि भुक्तानी जस्तै क्यूआर पेमेन्ट, बिजुली बिल भुत्तानी, मोबाइल टपअपलगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहक महानुभावलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ । 

तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन । यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्नुहुने ग्राहकहरुलाई फोनमार्फत जानकारी दिनेछ । डिनर जित्ने ग्राहकले आफ्नो कुपनसहित भ्यालेन्टाइन डे को दिन अर्थात फेब्रुअरी १४ मा सोल्टी क्राउन प्लाजा होटलमा भब्य डिनर गर्न पाउनेछन् ।

...

Read More
  • MBL - below news