नेपाल लाइफले अभिकर्ताको संख्या दोब्बर बनाउने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल लाइफले अभिकर्ताको संख्या दोब्बर बनाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झा (सीईओ)ले कम्पनीका सक्रिय अभिकर्ताहरु बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको बताएका छन । कम्पनीको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताउदै आउँदो वर्ष अभिकर्ताको संख्या दोब्बर बनाइने बताएका हुन । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’को उद्घाटन गर्दै सिईओ झाले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महसुस गराएर मात्र बीमा गराउन सुझाव दिए । उनले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने बताए ।

 उक्त भब्य कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  विवेक झाले पानसमा बत्ती बालेर उक्त कार्याक्रमको उद्घाटन  गरेका थिए  ।  अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त भब्य कार्यक्रममा १ हजार ५ सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Read More
  • MBL - below news