काठमाडौं - कामना सेवा विकास बैंकले पोखरा लामाचौर बगैंचास्थित श्री अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप रु १ लाखको चेक हस्तान्तरण गरेको छ । सहयोग रकम पोखरा महानगरपालिकाका वडा अध्यक्ष शोभामोहन पौडेल र कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।
बैंकका सञ्चालक देवकृष्ण काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरका अध्यक्ष भरतराज आचार्यले स्वागत मन्तव्य राखेका थिए भने वडा अध्यक्ष शोभामोहन पौडेल तथा जनहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका सदस्य काशीराज आचार्यले मन्तव्य राख्दै बैंकले समाजिक क्षेत्रमा समेत सराहनिय कार्य गरेको र बैंकलाई सबै क्षेत्रले सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए ।








